नेवा: स इन्टरनेट रेडियो

Friday, September 17, 2010

कपिलबस्तु दिवस अभियानमा आनी सल्लाहकार र डा. मधु माधुर्य यूरोप संयोजक


मे ११, २०१० मा पछि दुई जना थपी २१ जना पुर्याउने गरी सार्वजनिक गरिएको कपिलवस्तु दिवस अभियानको १९ जनाको विस्व कार्य समितिलाई डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) र निलकण्ठ तिवारी थपी पूर्णता दिइएको छ । यूरोपको संयोजकको जिम्मा दिइएको डा. मधुकृष्ण श्रेष्ठ NRNA रसियाका महासचिब, साहित्य महासंघका केन्द्रिय अध्यक्ष, फ्रीनेपालका प्रधान संपादक पनि हुनुहुन्छ भने गत बर्षको अस्वीकृत पुरस्कारका बिजेता पनि हुनुहुन्छ । त्यसरी नै नेपाल संयोजकको रुपमा थपिनु भएको निलकण्ठ तिवारी ऐक्यबद्धता प्रकाशनका अध्यक्ष हुनुहुन्छ । यसरी रामकुमार श्रेष्ठ (वेलायत)को बिस्व संयोजकत्वमा गठित २१ सदस्यीय कपिलबस्तु दिबस अभियान बिस्व कार्य समितिका अन्य सदस्यहरुमा अबि शर्मा, संयोजक (क्यानडा); बाबुराजा महर्जन, संयोजक (न्यूजिल्याण्ड); भानु पौड्याल, संयोजक (क्यानडा); बिनय शाह, संयोजक (हङकङ); चन्द्र राई, संयोजक (क्यानडा); डा हरिकुमार श्रेष्ठ, संयोजक (ताइबान); हरि नेपाली, संयोजक (कतार); लक्ष्मण देबकोटा, संयोजक (पोर्तुगल); लक्ष्मण पुरी, संयोजक (नेपाल); लक्ष्मी सिंखडा, संयोजक (अमेरिका); डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य), संयोजक (रसिया); निलकण्ठ तिवारी, संयोजक (नेपाल); ओम गुरुङ, संयोजक (जापान); राज श्रेष्ठ, संयोजक (नेपाल); रामहरि श्रेष्ठ, संयोजक (वेलायत); सन्तोष न्यौपाने, संयोजक (बेल्जियम); सानु घिमिरे, संयोजक (अस्ट्रेलिया); शैलेश श्रेष्ठ, संयोजक (अमेरिका); शम्भु कट्टेल, संयोजक (अमेरिका); र सुजन न्यौपाने, संयोजक (अस्ट्रेलिया) हुनुहुन्छ ।

अभियानको गतिबिधिलाई सहज बनाउन आ-आफ्नो क्षेत्रको क्षेत्रीय संयोजक समेत हुने गरी ब्यबस्था गरिएको नौ जनाको सेक्रेटरियटमा बाबुराजा महर्जन (अस्ट्रेलिया, न्यूजिल्याण्ड र त्यस भेगका अन्य देशहरु हेर्ने), हरी नेपाली ( मध्यपूर्बका देशहरु हेर्ने), राज श्रेष्ठ (सार्क मुलुकहरु हेर्ने), बिनय शाह र ओम गुरुङ (जापान, हङकङ, चीन तथा त्यस भेगका देशहरु हेर्ने), शैलेश श्रेष्ठ (अमेरिका र दक्षिण अमेरिका हेर्ने), चन्द्र राई (क्यानडा हेर्ने), र डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) (यूरोप हेर्ने) किसिमले जिम्मेवारी मिलाइएको छ । बिस्व संयोजक स्वत: सेक्रेटरियटमा रहने ब्यबस्था छ ।

अभियानको उद्धेस्य प्राप्तीको लागि राष्ट्रिय अन्तरराष्ट्रिय सर्ब पक्षीय सहयोग र सदभाबलाई सहज बनाउन शुरुमा ५ जना नेपाली र दुई जना बिदेशी गरी सात जनाको सल्लाहकार समिति बनाइएकोमा हाल अन्तरराष्ट्रिय ब्यक्तित्वका धनी गायिका आनी श्री छोइङ्ग डोल्मालाई थपिएकोले सल्लाहकार समिति आठ जनाको हुन गएको छ, जस अनुसार एनेकपा माओबादीका तर्फबाट मलेशियाका लागि राजदूत महामहिम डा ऋषि अधिकारी, नेकाका तर्फबाट संबिधान सभाका सदस्य तथा सांसद डा आरजु देउबा राणा, एमालेका तर्फबाट पूर्व मन्त्री तथा पार्टी केन्द्रिय सदस्य राजेन्द्र श्रेष्ठ, बुद्धिजीबिका तर्फबाट डा कबिताराम श्रेष्ठ, उद्योग ब्याबसायीका तर्फबाट अस्ट्रेलियाको न्यू साउथ वेल्सका कन्सुलर जनरल महामहिम दीपक खडका र सामाजिक क्षेत्रको तर्फबाट आनी श्री छोइङ्ग डोल्मा हुनुहुन्छ भने बिदेशीहरुमा पाँच महादेशहरुमा आफ्ना करीब १२०० फेङ सुइका कन्सल्ट्याण्टहरु र सयौं धार्मिक शिक्षकहरुको संजाल फैल्याउन सक्षम केही पुस्तकहरु थुप्रै भाषामा अनुदित भैसकेका ११ पुस्तकका लेखक तथा सबै महादेशका ५० देशहरुमा १०० लाइट सेण्टरका संस्थापक अमेरिकी Agni Frank Eickermann र White Conch Dharma Center का आध्यात्मिक निर्देशिका अमेरिकाकी Domo Geshe Rinpoche हुनुहुन्छ र अभियानका लागि उपयुक्त ब्यक्तिहरुलाई सल्लाहकार समितिमा पछि थपिन सकिनेछ । त्यसरी नै कपिलबस्तुका सांसदहरु र लुम्बिनी बिकास कोषका प्रमुखहरुलाई पदेन सल्लाहकारको रुपमा राखिने ब्यबस्था छ ।

त्यसरी नै गोरखापत्र दैनिकका पूर्व सम्पादक तथा लुम्बिनी विश्वविद्यालयका पूर्व रजिस्ट्रार र बौद्ध वाङ्गमयका विद्वान श्री केदार शाक्यलाई अभियानको सार्कको र ललितपुर जिल्लाका पूर्व मेयर तथा वरिष्ठ व्यक्तित्व श्री बेखारत्न शाक्य अभियानको नेपाल समितिको सल्लाहकारमा रहनु हुनेछ ।

नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूर्ति गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भ १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले अन्तरराष्ट्रिय जगत सामू ल्याउने कार्य गरेको कारण उक्त दिनलाई एउटा ऐतिहासिक महत्व दिइनु आबस्यक देखिएको र त्यस्तो निर्णयको कारण यस क्षेत्रको बिकास गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सकिने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको रुपमा मनाउने निर्णय गरिएको थियो बिस्वभरि छरिएर रहेका नेपाली बुद्धिजीबिको पहलकदमीमा गत बर्षदेखि । संभाबित अधिकाधिक कार्यक्रम मार्फत बढीभन्दा बढी जन सहभागिता जुटाएर बुद्धका शान्तिका सन्देशहरुको प्रचार प्रसार गर्नु, नेपाललाई विश्व सामू अरु बढी परिचित गराउनु, नक्कली कपिलबस्तु लगायत बिभिन्न गतिबिधिका कारण बुद्धको जन्मस्थलबारे सिर्जित बिस्वब्यापी भ्रम निस्तेज पार्न प्रयासरत रहनु, बिस्व शान्ति अभियानमा हातेमालो गर्नु जस्ता उद्धेस्यहरु लिएर शुरु गरिएको यस अभियानलाई संस्थागत गर्न गठित विस्व कार्य समितिले पूर्णता पाएपछि क्षेत्रीय र राष्ट्रिय समितिहरु गठन गर्ने प्रकृयालाई तिब्रता दिइनेछ ।

हामी नेपालमा बसेर बुद्ध नेपालमा जन्मेको भन्ने बिषयलाई संसारले बुझेको छ र भारतको अनाबस्यक दुस्प्रयासले केही गर्न सक्तैन भनेर जसरी सोच्छौं त्यति सहज अवस्था विस्वको जनता बीच छैन भन्ने स्पस्ट भैसकेको देखिन्छ अधिकांश देशका पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको उल्लेख गरिएको, बुद्धको जन्म स्थान जाने भनेर बर्षेनी हजारौं पर्यटक भारतद्धारा निर्मित नक्कली लुम्बिनीमा पुर्याइएको, प्रत्येक दिन संसारभरका लाखौं पाठकहरुद्धारा पढिने अन्तरराष्ट्रिय ब्लगहरुमा रिङपोछे तथा बुद्धका बिषयमा लेख्ने लेखहरुद्धारा नै पनि बुद्धलाई भारती रुपमा परिचय दिएका अनगिन्ति उदाहरणले गर्दा । कपिलबस्तु दिवस अभियान शुरु गरेपस्चात यति छोटो समयमा नै गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउनेलाई नेपाल देखाउने बनाउने, जन चेतना जगाउने, गुगलमा बुद्ध तथा लुम्बिनीको बिषयमा खोज्दा प्रायश: भारती सामग्री मात्र पाइनेमा हाल नेपाली सामग्रीहरु पनि प्रसस्त पाइने जस्ता बातावरण सिर्जना भए तापनि नक्कली लुम्बिनी र अधिकांश देशका पाठ्य पुस्तकमा बुद्धलाई भारती परिचय दिने जस्ता बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने मूलभूत समस्या कायमै रहेको र यस्मा नेपाल सरकारको प्रत्यक्ष सहभागिता बिना यो समस्या समाधानको लागि बर्षौं लाग्ने भएकोले नेपाल सरकारलाई दबाब दिने अभिप्रायले केही समय अघि शुरु गरिएको बुद्धबारे सिर्जित बिस्वब्यापी भ्रम निवारण‏को लागि हस्ताक्षर संकलन अभियानकै निरन्तरताको रुपमा १२ अगस्टमा काठमाण्डौंमा कपिलबस्तु दिवस अभियानले काम चलाऊ सरकारका प्रधानमत्री माधव कुमार नेपाललाई ज्ञापन पत्र बुझाएको छ । जस्लाई अधिकांश टेलिभिजनहरुले महत्वका साथ प्रसारण गर्नुका साथै अभियानका सल्लाहकार डा कबिताराम श्रेष्ठबाट नेशनल टिभीबाट प्रसारित कार्यक्रम ‘अभिवादन’मा अन्तरवार्ता दिनु हुँदै कपिलवस्तु दिवस अभियानको बारेमा जानकारी दिनुभयो। उक्त अन्तरवार्तामा बुद्धजन्मस्थलको बारेमा भइरहेको विश्वव्यापी भ्रम निवारणका लागि प्रधानमन्त्री समक्ष कपिलवस्तु दिवस अभियानको तर्फबाट ज्ञापनपत्र बुझाइएको बारे उहाँले स्पष्ट पार्नुभयो। यसै कार्यक्रममार्फत उहाँले भरखरै प्रकाशित आफ्ना दुई कृतिहरु सार्वजनिक गर्नुभयो। कपिलवस्तु दिवस अभियान विश्व कार्य समिति प्रकाशक र विवेक सिर्जनशील प्रकाशन प्रा.लि. सह प्रकाशक रहेको वुद्धको जीवनीमा आधारित अनुसन्धानमूलक उपन्यास ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ को पहिलो विमोचन भने हंगकंगमा भएको छ।

अभियान संस्थागत भएपछि यस्ले बिभिन्न देशमा बिभिन्न संस्थाहरुसंग मिलेर २५५४ औं बुद्ध जयन्ती मनाएको छ । वुद्ध जयन्ती मनाउने क्रममा यस्का उद्धेस्यहरु प्रस्ट्याउने क्रममा नक्कली कपिलबस्तुका प्रसंग पनि धेरै ठाउँमा उठाइएका छन र बिशेष: गरेर नेपालमा उज्यालो ९० नेटवर्क एफएमले कपिलबस्तु दिवस अभियानका सार्क संयोजक राज श्रेष्ठसंग कुराकानी गर्ने एउटा छुट्टै लामो कार्यक्रम आयोजना गरिदिएर र सिडनी अस्ट्रेलियाको नेपाली आवाज रेडियोले कपिलवस्तु दिवस अभियानका अस्ट्रेलिया संयोजक सुजन न्यौपानेलाई पनि वुद्ध जयन्तीसंबन्धी बिशेष कार्यक्रममा सहभागी गराइदिने, कपिलबस्तु दिवसको शुरुमा हिमाली स्वरहरुले यस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठसंगको कुराकानीलाई प्रसारण गरिदिएर यो नयाँ अभियानबारे जानकारी सर्ब साधारण बीच लैजाने राम्रो अबसर प्रदान गरिदिएका छन । कपिलबस्तु दिवस अभियानको बिस्व कार्य समिति गठन भएको समाचार करीब ४ दर्जन रास्ट्रिय अन्तरास्ट्रिय पत्रिकाहरुमा प्रकाशित हुनुले पनि यो नयाँ अभियान प्रचार प्रसारमा सहयोग पुगेको देखिन्छ । कपिलबस्तु दिवस अभियानले जाकारीयाको दुस्प्रयासका बिरुद्ध जन चेतना जगाउने र जन परिचालन गर्ने, गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउने लगायत बुद्धको नामका कारण लालायितहरुद्धारा सिर्जित भ्रमका कारण बुद्धको वास्तबिक जन्मस्थानलाई छायाँमा पार्ने काम जे जसरी भैरहेको छ त्यसको बिरुद्ध यथार्थता बिस्व जनता सामू ल्याउन अन्य समूहसंग मिलेर बिरोध गरेर त्यस्लाई सुधार्न लगाउने, आफ्नो ब्लग मार्फत यस किसिमका भ्रमहरुलाई निस्तेज पार्न सक्दो प्रयास गर्ने, PBS ले बुद्धका बारे गलत जानकारी सहित भिडिओ निकाल्न लागेकोमा बिरोध गर्ने जस्ता थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ । र यस्तो संबेदनशील बिषयमा नेपाल सरकार, संचारकर्मी, बुद्धिजीबि र संपूर्ण नेपालीलाई यथोचित ध्यान दिन र यस किसिमका गतिबिधिमा सक्दो सहयोग गर्न कपिलबस्तु दिबस अभियान हार्दिक अनुरोध गर्दछ ।

No comments:

Post a Comment